प्रधानमन्त्री देउवाले चुच्चे नक्सा गायव पार्नुभयो : सुवास नेम्वाङ

everest kitchen
photo file

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष सुवाष नेम्वाङले प्रधानमन्त्री देउवा सरकारले चुच्चे नक्सा गायब बनाएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

नेम्वाङले भने, ‘म अन्तिममा जोड्न चाहन्छु–यो देशको राष्ट्रियताको सन्दर्भमा लडाई लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चे नक्शा हामीले बनायौं । यो कम ठूलो कुरा थियो ? कम्ति चुनौती थियो यसमा ? एउटै कुराबाट थाहा हुन्छ, यो पछिल्लो सरकारले हामीले सरकारको १०० दिनको काम सार्वजनिक गर्ने बेलामा सार्वजनिक गरेको चुच्चे नक्शा गायब बनाएको छ ।

उनले थपे, “यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस् त ? त्यहाँ नेपालको लोगो छ । तर लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्शा गायव छ । अब हाम्रो लागि र नेपाली जनताको लागि त्यो चुच्चे नक्सा कति प्रिय छ ? तर प्रधानमन्त्री शेरबहादुर देउवाले सो नक्सा नै गायव पार्नुभयो ।’