मधेसमा दाईजो प्रथा विरुद्ध युवापीढीको आदर्श विवाह

everest kitchen

सुरेन्द्र महतो
धनुषा । तराई मधेसमा नराम्रोसंग जडा गाडेको दाईजो प्रथाको विरुद्ध युवाहरु अगाडि आउन थालेका छन् । अझै पनि दाईजो प्रथा व्यापक रहेको मधेसी समुदायमा पछिल्लो समय आदर्श विवाह गर्नेहरू बढ्न थालेका छन् ।

यस्तैमा तराई मधेशको दाईजो प्रथालाई चुनौती दिदै धनुषा जिल्लामा एक जोडीले आदर्श विवाह गरेका छन् ।
धनुषाधाम नगरपालिका वडा न-४ सिकियाहा निवासी सुलिन्द्र कुमार मण्डल ले आरती कुमारी मण्डल सँग हिन्दु परम्परा अनुसार जन्ती सहित बेहुली काे घर गएर विवाह गरेका हुन ।

धनुषाधाम नगरपालिका वडा न- ४ टाेल (सिकियाहा) निवासी स्वर्गीय दाेरिक मण्डल काे नाति राजेन्द्र मण्डल छाेरा सुलिन्द्र कुमार मण्डल ले गणेशमान चारनाथ नगरपालिका वडा न- ५ टाेल (गाेदार) निवासी नन्द किशोर मण्डल काे छाेरी आरती कुमारी मण्डल सँग फागुन २० गते वैवाहिक बन्धनमा बाँधिएका हुन

मधेशमा विकृतिको रुपमा फैलिएका दाईजो प्रथालाई निरुत्साहित गर्न दाईजो एक रुपैया नलिई बिहे गरेको स्वतन्त्र युवा समाजसेवी र हेल्प मधेशी मलेशियाका केन्द्रिय सचिव विजय कुमार मण्डलले जानकारी गराएका छन ।

तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारका युवाहरुले समेत विवाहमा दाइजो लिने गरेका छन् । आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको बेहुलीका बुबा नन्दकिशोर मण्डलले बताए ।