समयावसान

everest kitchen

लघुकथा : समयावसान

दिपक घिमिरे
“ए सुन त , कहाँ सम्मको यात्रा हो ? ´´
“भो, सुन्दिन । जिन्दगी सुनेर नै जाने भयो । कहिले के सुनाको छ , कहिले के सुनाको छ ? उहिलै राँची लैजान पर्ने । कस्ता पागल सङ्ग बिहे गर्देछ्न् नि मेरा बा आमाले, हरे दैव !

पुर्पुरोमा हात नलगान ओई , के गर्छेस त ? देशको सिमा जोगाउदा जोगाउदै आफ्नै खुट्टा जोगाउन सकिँन । दुश्मनले ठोकिदिए त । युद्द्को एउटै डकार हुन्छ कि मार कि मर । हेर , अहिले न मर्न सकियो न मार्न नै । एउटो बिचरो नम्बरी मेरो त घरमा दुईजिउ कि छे भन्थ्यो । उस्लाई पोस्ट जिम्मा दिएर खाना खान गएथे । आएर हानिदिएछन् ।
सकेसम्म सन्तानको मुख हेर्छु भनेर लडि रह्यो । तर सन्तानको जन्म भन्दा अगाडि उस्को मृत्यु लेखिएको हुँदो हो । ऊ बाँचेन अनि मेरो खुट्टा रहेन ।
उफ्फ !!

रहनु पर्ने धेरै कुराहरु छ्न । जुन कहिलै समयमा रहेनन्।
अँ, साच्चै तेरो गर्भ अझै किन रहेन ?
“असार मासमा गोरुको खुट्टा भाँच्चिए पछि मंसिरमा खेतमा धान कहाँ फल्छ त बुढा “।