लाहाचोकमा माछापुच्छ्रे फुटबल कप हुने

everest kitchen

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोक कास्कीमा यहि चैत्र ३ देखि ६ गतेसम्म माछापुच्छ्रे फुटबल कप आयोजना हुने जानकारी प्राप्त भएको छ । सो प्रतियोगिता माछापुच्छ्रे त्रिशक्ति युनाइटेड लाहाचोकको आयोजनामा हुन लागेको हो।

प्रतियोगितामा आठ टिमको सहभागीता रहने र पोखराका टप क्लबहरू, छिमेकी जिल्लाका टिमकासाथै काठमाडौ , झापा देखि पनि टिम ल्याउन पहल भैरहेको खेल संयोजक राजेश घलेले बताए।

मैदान पुर्ण रुपले व्यवस्थित गर्न द्रुतगतिमा लागेका छौं र हाम्रो पहिलो उद्देश्य मैदान बनाउनु रहेको छ। मैदान व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गौतमले जानकारी दिए।

मैदानको कार्य पूरा नभएको र लक डाउनले ठूलो प्रतियोगिता खेलाउन नसकेकोले फुटबल खेललाई निरंतरता दिन माछापुच्छ्रे कपको आयोजना गरेको क्लबका अध्यक्ष बासुदेव ढकालले बताए।

कार्यक्रम सफल बनाउन सबै सदस्यहरू युद्धस्तरमा खटिएका र प्रायोजकहरूसँग सरसल्लाह गर्दै पनि छौं। प्रथम पुरस्कार दुई लाख दुई हजार र द्वितीय पुरस्कार एक लाख बाइस हजार रहेको सचीव सुशील श्रेष्ठले जानकारी दिए।

स्मरणीय छ क्लबले २०७५ र २०७६मा गण्डकी प्रदेश स्तरिय फुटबल प्रतियोगिताको दुई सिजन सम्पन्न गरिसकेको छ। साथै प्रतियोगितामा आयोजक टोलि नै बिजेता हुन सफल भएको थियो।