मलेसियाको केलाङ उपत्यकामा फेरी बाढी, सवारी आवागमनमा समस्या

everest kitchen

पेतालिङ्ग जया । सोमबार मलेसियाको केलाङउपत्यका र वरपरको बाढीले सुङ्गाई बुलोह र क्वालालम्पुरका केही भागहरू नराम्ररी प्रभावित भएका छन्। बाढीका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएका छन् ।

मलेसियाली सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेको भिडियो तथा फोटोहरुमा पानीको सतह बढेको, जहाँ हल्का सवारीका साधानहरु प्रभावित स्थानहरूबाट हिड्न सकिरहेका छैनन् । केलाङ सहरमा सबैभन्दाबढी जलान कुचाई लामा र जालान तुन रजाक क्षेत्र प्रभावित रहेका छन् ।

सेलाङ्गोरको अग्नि तथा उद्धार विभागका निर्देशक नोराजाम खामिसका अनुसार सेलान्गोरको सुङ्गाई बुलोह र कम्पुङ गोम्बक, बन्दर बारु सुङ्गाई बुलोह, बातु आराङको कम्पुङ गोम्बक, कम्पुङ मेलाउ र कम्पुङ मेलाउमा बाढी आएको छ ।

बाढी प्रभावित क्षेत्रमा सजक रहन त्यहाँको सरकारले आग्रह गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बाढी प्रभावित स्थानहरुमा उद्धार कार्य तिब्र पारिएको छ । द स्टार