काङ्ग्रेस माओवादी परित्याग गरि राक्सिराङमा दर्जनौं एमाले प्रवेश

everest kitchen

राक्सुराङ । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ७ चरिमारा स्थित भएको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा काङ्ग्रेस माओवादी परित्याग गरि राम माया चेपाङको नेतृत्वमा २८ जना एमाले प्रवेश गरेका छन् ।

कार्यक्रममा जिल्ला कमिटि उपाध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि थापा र जिल्ला कमिटी सदस्य सदस्य द्वोय चेपाङले संयुक्त रुपमा पार्टी प्रवेश गर्ने नव प्रवेशिहरुलाई स्वागत गरेका थिए भने पार्टीमा लामो समय देखि अडित रहि आएक वृद्धहरु लाई सम्मान पनि गरेका थिए।

कार्यक्रम सात नम्बर पार्टी कमिटी वडा अध्यक्ष पुर्ण बहादुर चेपाङको अध्यक्षता र जिल्ला कमिटी उपाध्यक्ष लाल बहादुर थापाको प्रमुख आथित्यमा सम्पन्न भएको थियो भने कार्यक्रममा बिशेश अतिथिको रुपमा वडा नं. ६ का वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य सिंग लाल प्रजा,सुन्तली माया प्रजा रहेका थिए ।

त्यस्तै गाउँ एमाले कमिटी अध्यक्ष रोहन लामा,उपाध्यक्ष रञ्जिता घलान,गाउ कमिटी सदस्यहरु एमाले भात्री संगठन रिटर्नी फेडेरेसन नेपाल मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष राम चन्द्र लोप्चन,वडा नम्बर ६ का पार्टि कमिटी अध्यक्ष मोतिराम चेपाङ, राष्ट्रिय युवा संघ मकवानपुर जिल्ला कमिटी सदस्य डि.बि. लोप्चन र शैलेन्द्र प्रजाको पनि उपस्थिती रहेको थियो।

कार्यक्रममा आफ्नो भनाई राख्दै नेता थापा ले अब आउने चुनाबमा बिगतको दिनमा हार बेहोरिए पनि आउने चुनावमा एमाले अत्याधिक बहुमतको साथ जित्ने दावी गर्दै राक्सिराङ गाउँपालिका अध्यक्ष रले नेपाल सरकार बाट आएको चेपाङ अङ्कित रकमहरु आफ्नो हुने खाने सुसम्पन्न कार्यकर्ता लाई बाँडेरा लापरबाही गरेको र वास्तविक गरिव चेपाङहरु त्यस्ता सेवा सुबिधा बाट बञ्चित गराउदै आएको आरोप पनि लगाएका थिए ।