महिला दिवस महिलालाई मात्र पनि नआओस् – कल्पना बस्याल

everest kitchen

कल्पना बस्याल, काठमाडौं
महिला दिवस ८ मार्च मात्र नआओस्
महिला दिवस महिलालाई मात्र पनि नआओस्
महिला दिवस हरेक दिन यसरि आओस् कि
महिलाले गरेको काममा पुरुषले सघाओस्

पुरुषले थालेको काममा महिलाले टुगाओस्
श्रम महिलाको होस् वा पुरुषको समान ज्याला र सम्मान होस्
महिला छोरी, चेलीबेटी, दिदि,बहिनी र आमामा मात्र सिमित नहोस्

यस समाजमा भएका हरेक नारीहरुको सम्मान र सुरक्षा
घर भित्र र बाहिर सधै सुनिश्चत होस्
अन्याय असमानता खाली हिजोको समाचार बनोस्

अब,
मलाई म महिला भएकोमा सधै गर्व होस्
अनि,
तपाइलाई महिला नभएकोमा कहिल्यै पश्चाताप नहोस्
महिला दिवसको अवसर सबैलाई शुभकामना