लोकगीतमा “हाम्रो राक्सिराङ गाउँपालिका”

everest kitchen

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको आर्थिक सहयोगमा “चेपाङ कला,धर्म,संस्कृति प्राकृतिक संरक्षण अभियान” मुल उदेश्यको साथ नेपाली लोक गीत हाम्रो राक्सिराङ गाउँपालिका बोलको गीतको आज बाट छ्यांकन सुरु भएको छ।

सर्जक छिरिङ दोर्जे लामा लेखिएको गीत मा स्वर बोम बहादुर चेपाङ र राधिका चेपाङको रहेको छ । त्यस्तै लय छिरिङ दोर्जेको नै रहेछ भने उक्त गीत लाई चर्चित कोरियोग्राफर धन बहादुर लामा तामाङ ले गर्न लागेका छन् ।

त्यस्तै यश गीतमा मकवानपुरको जिल्लाको विभिन्न पर्यटकीय क्षेत्रलाई बर्णन गरेको छ भने मकवानपुर भित्रमा पनि राक्सिराङ को धेरै गीत मार्फत चर्चा परिचर्चा गरेको छ। गाउँपालिका अनुसार यस गीतमा बजेट बिनियोजन गर्नुमा सिमान्तकृत जाति चेपाङ कलाकारलाई प्रोत्सान हुने लक्ष्यले लगानी गरिएको हो ।