एमसिसी सम्झौता संसदबाट पारित भए पनि पार्टीले त्यसको बिराेध जारी राख्ने : केशव सुर्यवंशी

everest kitchen

बुटवल । जनमुक्ति युवा संघ जिल्ला कार्यसमिति रुपन्देहीको छैठो जिल्ला अधिबेशनले एकु रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार रूपन्देहीको मंगलापुरमा आयाेजित अधिवेशनकाे राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशी मगरले उद्घाटन गरेका हुन् ।

अधिवेशनकाे उद्घाटन गर्दै पार्टीका कार्यकारी अध्यक्ष सुर्यवंशीले एमसीसी सम्झौता राष्ट्रघाती हुदाहुदै पनि सत्तारूढ दलले संसदबाट पारित गराएकाे र एमालेले पनि त्यस बिषयमा माैन बसेर सदनबाट पारित गराउन सहयोग गरेको बताए । एमसिसी सम्झौताकाे बिषयमा जनमुक्ति पार्टीले सुरुदेखिनै बिराेध गर्दै आएको स्मरण गर्दै उनलेे संसदबाट पारित भए पनि पार्टीले त्यसको बिराेध जारी राख्ने उल्लेख गरे ।

जनमुक्ति युवा संघ जिल्ला कार्यसमिति रुपन्देहीका निवर्तमान अध्यक्ष हेमन्त बुढाथोकीको सभापतित्व र मुल पार्टी राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष सुर्यवंशीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका संघीय महासभा सदस्य प्रेम गलामी,लुम्बिनी (लुथम) प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, जनमुक्ति युवा संघका केन्द्रिय अध्यक्ष शंकर गाहा, पाल्पा तराई सम्पर्क मंचका धनिसरा दर्लामी, जिल्ला उपाध्यक्ष टेक बहादुर गुरुङ,लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका कार्यकारी अध्यक्ष सुर्यवंशीले सम्मान गरेका थिए ।