मालपोत कार्यालय चाबहिलका खरिदार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा

everest kitchen
photo file

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा नामसरी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ३५ हजार रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

१२ फागुनमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने बहानामा घुस लिएको देखिन आएकोले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।