तामाङ घेदुङको अध्यक्षमा पुन: गोले निर्वाचित

everest kitchen

काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुनः मोहन गोले तामाङ निर्वाचित भएका छन् । फागुन २९ गते काठमाडौंमा सुरु भएको महाधिवेशनमा मंगलबार राति सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा ४ सय १ मतका साथ गोले विजयी भएका हुन ।

अर्का अध्यक्ष उम्मेदवार बेली लामाको पक्षमा १ सय ७ मत खसेको थियो। समान सहअध्यक्ष पदमा कुमार घिसिङ निर्वाचित भएका छन् । घिसिङले ३२१ मत प्राप्त गरेका छन । समान सहअध्यक्षका अर्का उम्मेदवार मित्रसेन योञ्जनले १४६ मत प्राप्त गरेका थिए ।

त्यस्तै मतदान हुनु पहिले सबै पदाधिकारी सर्व सहमत गराउने कोसिस गरे पनि बरिस्ठ उपाध्यक्ष, महासचिव, महिला उपाध्यक्ष, महिला सचीव, कोषाअध्यक्ष र सह कोषाअध्यक्ष सर्व सहमत चयन भएका थिए भने बाँकी पदहरुमा सहमति नभए पछि निर्वाचन भएको थियो।

नवनिर्वाचित समितिमा अध्यक्ष मोहन गोले, सहअध्यक्ष : कुमार घिसिङ, वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन, उपाध्यक्ष सोमबले तामाङ, नरबहादुर मोक्तान, धर्म डुम्जन, मानबहादुर तामाङ, दिपक वाइबा, महिला उपाध्यक्ष : सन्चकुमारी ब्लोन, सिता लामा, महासचिव : काजीमान थिङ, उपमहासचिव जगतमान दोङ, हर्कमान तामाङ
सचिव जयमान वाइवा, गोमानसिं तामाङ, बेलबहादुर तामाङ, बिनाकुमारी माम्बा, कोषाध्यक्ष रुपबहादुर योन्जन र सहकोषध्याक्ष सावित्री तामाङ रहेका छन् ।