नेपाल चेपाङ संघको संघीय अधिवेशन भरतपुरमा सुरु

everest kitchen

भरतपुर । नेपाल चेपाङ संघको पाँचौ संघीय महाधिवेशन चितवन जिल्लाको भरतपुर स्थित चेतना भिलेजको सभाहलमा मंगलबार बाट सुरु भएको छ।

कार्यक्रम चेपाङ संघको केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङको अध्यक्षता र बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे रहेको छ।

कार्यक्रममा बिशिस्ट अतिथिमा बागमती प्रदेश भौतिक पुर्वाधार बिकास राज्य मन्त्री सन्त बहादुर चेपाङ,बागमती प्रदेश पुर्व कृषि मन्त्री दावा दोर्जे लामा, आदिवासी आयोजका अध्यक्ष माननीय राम बहादुर थापा लगायत आदिवासी नेताहरुको उपस्थिती रहेको छ।

त्यस्तै यश अधिवेशनबाट अब नयाँ कार्यक्रम समिति चयन गरेको छ भने यश अधिवेशनमा संबिधान सभा सदस्य गोबिन्द राम चेपाङ पत्रकार सम्मेलन गर्दै केही दिन अगाडि घोषणा गरेको थियो त्यस्तै अर्को आकाङ्क्षा सुनी माया चेपाङको आकाङ्क्षा रहेको छ।

गोबिन्द राम चेपाङ एकीकृत समाजवादी पार्टी सम्मिलित रहेका छन् भने नेत्री सुनिमाया चेपाङ एमाले सम्मिलित रहेकी छन् । आयोजक कमिटीले कुनै पार्टीलाई नहेरी बिशुद्ध चेपाङको अवाज उठाउने नेतृत्व सर्वसहमत चयन गर्ने प्रायस हुने बताएको छ।