मलेसियामा मापदण्ड विपरीत जबर्जस्ती श्रम गराउने कम्पनी विरुद्ध श्रम विभागको छापा

everest kitchen

एजेन्सी । मलेसियामा श्रमिकलाई जबर्जस्ती श्रम गराउने कम्पनी विरुद्ध श्रम विभागको छापा हानेको छ । बिहीबार श्रम विभाग मलेसिया (जेटीकेएसएम)ले मलेसियाको समुन्द्री द्वीप लाबुवान लगायतका स्थानमा छापा हानेको हो ।

मलेसियाले जबर्जस्ती श्रम र मानव बेचबिखन विरुद्ध ‘अप्स ब्यान्टेरास’ नामक राष्ट्रव्यापी मेगा अपरेशन सुरु गरेको छ । उक्त अप्स ब्यान्टेरास अपरेसन अन्तर्गत बिहीबार विभिन्न कम्पनीमा छापा हानेर रोजगारदाता विरुद्ध मुद्दा चलाउन लागिएको स्थानीय सञ्चार संस्था बर्नमाले उल्लेख गरेको छ ।

जेटीकेएसएमका उपमहानिर्देशक मोहम्मद अस्री अब्द वहाब अनुसार क्वालालम्पुरमा आसपास छापा हानिएको थियोे । जसअनुसार बिहान ६ बजे वाङ्सा माजुमा निर्माण स्थल र चेरासको बन्दर टुन रजाकमा रहेको खुद्रा आउटलेटमा बिहान ९:३० बजे छापा मारेको उनलेे बताए।

दुवै परिसरमा १ सय ३४ जनाकामदार रहेकोमा १२४ जना विदेशी र १० जना स्थानीय कामदार रहेको उनले बताए । उनका अनुसार रोजगार ऐन १९५५ विपरीत कामदारहरुलाई काममा लगाएको, उचित आवास तथा अन्य सुविधाको समेत कम्पनीले व्यवस्था नगरेको पाईएको छ ।

न्युनतम मापदण्ड पनि पालना नगरेका ती कम्पनी विरुद्ध जरिवानासहितको कारबाही प्रक्रिया अगाडि बढाईएको समेत उल्लेख गरिएको छ ।बर्नमा