वैदेशिक रोजगारीमा गएका नेपाली लक्षित “प्रवासीसंग डाक्टर”को चौथो श्रृङखला सम्पन्न

everest kitchen

काठमाडौं । शुक्रबारका दिन प्रवासी समन्वय समिति (पीएनसीसी)को प्रवासीसंग डाक्टर कार्यक्रमको चौथो श्रृङखला सम्पन्न भएको छ । वैदेशिक रोजगारीमा रहदा सन्तुलित आहारको महत्त्व बारे केन्द्रीत रहेर कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रबार सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय ट्रमा सेन्टर महाँकाल काठमाडौंकी डाक्टर योगिता सापकोटाले परामर्श दिएकी थिईन । कस्तो आहार मानव जीवनका लागि उपयुक्त रहन्छ । प्रवासमा रहेका श्रमिकले काम तथा वातावरण अनुसार सन्तुलित भोजन गर्नुपर्ने लगायतका विषयमा उनले जानकारी दिएकी थिईन ।

प्रवासीसंग डाक्टर कार्यक्रम पीएनसीसी निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली लक्षित विभिन्न कार्यक्रम गर्दै आएको पीएनसीसीले विदेशमा दु:ख पाएका नेपालीको उद्धार तथा विभिन्न सहायता समेत गर्दै आएको छ ।