मलेसियामा न्यूनतम तलब १५ सय रिंगेट पुग्ने, नेपाली श्रमिकहरुलाई पनि फाइदा

everest kitchen

मलेसियामा सम्पूर्ण निजि क्षेत्रमा काम गर्ने कर्मचारीहरुको न्यूनतम तलब यहि मे महिना देखि १५ सय रिंगेट पुग्ने भएको छ । मलेसियामा न्युनतम तलब बढेसँगै यहा कार्यरत नेपाली श्रमिकहरुलाई पनि फाइदा पुग्ने भएको छ ।
आज एक संबोधनका बिच मलेसियन प्रधानमन्त्री दातुकश्री इस्माइल सब्रि याकुबले नीजि क्षेत्रका सम्पूर्ण कामदारहरुको तलब यहि मे महिना देखि १५ सय रिंगेट पुर्‍याउने जानकारी दिएसँगै श्रमिकहरुमाझ खुसि छाएको छ ।
२०२० सन्मा मलेसियामा नीजि क्षेत्रका कामदारहरुको न्यूनतम तलब १२ सय रिंगेट पुर्‍याइएकामा श्रमिकहरुको हकहितमा काम गर्ने संस्थाहरुले भने न्यूनतम तलब १५ सय रिंगेट पुर्‍याउनु पर्ने माग गर्दै आएका थिए ।
मलेसियामा झन्डै तीन लाख नेपाली कार्यरत रहेका छन् र अधिकांशले पहिले देखि नै १५ सय रिंगेट भन्दा बढि तलब पाईरहेपनि केहि नेपालीहरु भने न्यूनतम तलब १२ सय रिंगेटकै भरमा काम गरिरहेकामा अब देखि भने १५ सय रिंगेट पाउने कुराले खुशि भएका छन् ।