युवा संघ राक्सिराङ गाउँ अधिवेशन सम्पन्न अध्यक्षमा उत्तम वाईबा

everest kitchen

हेटौंडा । पश्चिम मकवानपुर राक्सिराङ गाउँ पालिकामा नेकपा एमाले राष्ट्रिय युवा संघ राक्सिराङ गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ। उत्तम वाईबाको नेतृत्वमा ४७ सदस्य कमिटी चयन भएको हो ।

कार्यक्रम युवा संघ गाउँ कमिटी संयोजक उत्तम वाईबाको अध्यक्षता र नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिकाका अध्यक्ष एक राज उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो।

त्यस्तै कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा एमाले मकवानपुरका उपाध्यक्ष लाल बहादुर थापा,पार्टी उप-सचीव तथा भिमफेदी गाउँ पालिमा अध्यक्ष हिदम लामाएमाले जिल्ला कमिटी सदस्य तथा राक्सिराङ गाउँ कमिटी ईन्चार्ज बाबू लाल स्याङ्तान,सह ईन्चार्ज सिंग लाल प्रजा,युवा संघ मकवानपुर जिल्ला कमिटी अध्यक्ष लक्ष्मण उप्रेती लगायत थुप्रै नेताहरुको उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रममा गाउँ कमिटी अध्यक्ष लामाले देश वर्तमान परिस्थितिको समसामयिक घटना क्रम लाई निर्मुल पार्न एमाले आवश्यक रहेको जिकिर गरेका थिए ।

प्रमुख अतिथि उप्रेतीले देशमा अमुल परिवर्तन हुँदै गर्दा पदिय लोभले एक भएकी बामपंथी बिभाजन भए पनि एमालेले आउने निर्वाचनमा २ तिहाई मतका साथ जित्ने र देशको प्रथम पार्टी पनि एमाले नै हुने दाबी गरेको छ।