फोनिज अध्यक्षमा गजुरधन राई निर्विरोध

everest kitchen

सविन कुमार लोप्चन
सौराहा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा गजुरधन राई निर्विरोध निर्वाचित भएका छन् ।

चितवनको सौराहामा जारी सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार बेलुकी भएको मनोनयन दर्तामा राईको मात्रै उम्मेदवारी परे पछि उनी निर्विरोध भएका हुन । नेपाल टेलिभिजनमा कार्यरत राई यसअघि फोनिजको वरिष्ठ उपाध्यक्ष थिए ।

यस्तै महासचिवमा मिलन लिम्बू निर्विरोध भएका छन् । कोषाध्यक्षमा लाला गुरुङ निर्वाचित भएका छन भने उनीहरु निर्विरोध भएको औपचारिक घोषणा हुन भने बाँकी नै रहेको छ । निर्वाचन समिति स्रोतका अनुसार सहमतीय आधारमा पदाधिकारी र कार्यसमिति चयन गर्ने मूल स्पिरिड अनुसार अधिकांश पदमा दोहोरो उम्मेदवारी नपरेको हो ।

त्यस्तै अन्य पदाधिकारी हरु र सदस्य हरुमा पनि सर्वसहमति गराउने कोसिस भइ रहेको फोनिजका अध्यक्ष डण्ड गुरुङले जानकारी गराए।