काठमाडौँमा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त मेडिकल तालिम

everest kitchen

काठमाडौं । अमेरिकी सेना र नेपाली सेनाको बीचमा संयुक्त मेडिकल तालिम काठमाडौँमा सुरु भएको छ । तालिममा १८ जना अमरिकी सैनिक र ४२ जना नेपाली सैनिक प्रशिक्षार्थीहरु सहभागी छन् ।

आकस्मिक अवस्थामा कस्ता मेडिकल सामग्री चाहिन्छ र कसरी तयारी अवस्थामा बस्ने भन्नेबारे सो तालिममा अनुभव आदान प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल र महावीर गण रेन्जरमा संचालन हुने तालिममा विभिन्न अपरेशन र प्राकृतिक विपद्को बेला स्वास्थ्य उपचारलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे अमेरिकी सैनिकसँग अनुभव आदानप्रदान हुने बताएको छ ।