राज्यमन्त्री चेपाङद्वारा राक्सिराङको महाकालमा गुम्बा शिलान्यास

everest kitchen

राक्सिराङ । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँ पालिका वडा नं. ८ स्थित महाकालमा छ्योईलिङ गुम्बाको मंगलबार एक कार्यक्रमको बिच गुम्बा शिलान्यास भएको छ। प्रारम्भिक चरणमा गाउँपालिकाबाट बिनियोजिज बजेट ५ लाख रुपैयाँ बाट सुरु गरिने भएको हो ।

कार्यक्रममा प्रमुख आतिथिको रुपमा बागमती प्रदेश सरकारको भौतिक बिकास राज्यमन्त्री माननीय सन्त बहादुर चेपाङ,बिशिस्ट अतिथि राज कुमार मल्ल,उपाध्यक्ष निर्माला हिम्डुङ,वडा अध्यक्ष रामकृष्ण प्रजा,वडा सदस्य तथा नेपाली काङ्ग्रेस जिल्ला सदस्य जय बहादुर तितुङ लगायतको नेताहरुको उपस्थिती रहेको थियो।