क्यानडाको प्रस्ताव – रुसबाट तेल र ग्यास नकिन्ने देशहरूलाई सहयोग गरिनेछ

everest kitchen

काठमाडौँ । क्यानडाले विश्वव्यापी ऊर्जा संकटको समाधानका लागि आफूले अत्यधिक तेल, ग्यास र युरेनियम दिनका लागि तयार भएको बताएको छ ।

युक्रेनमाथि आक्रमणका कारण रुसबाट आउने तेल र ग्यासको आपूर्तिमा बाधा उत्पन्न भएको छ जसका कारण विश्वभरी इन्धनको मूल्य बढिरहेको छ ।

क्यानडाका ऊर्जामन्त्रीका अनुसार थुप्रै देश रुसको तेल र ग्यासको विकल्पका लागि मद्दत गर्नका लागि तयार छन् । क्यानडा विश्वको चौथो सबैभन्दा ठूलो तेल उत्पादक देश हो । क्यानडाले आफू अतिरिक्त दुई लाख ब्यारल तेल दिनका लागि प्रतिबद्ध भएको बताएको छ ।

प्राकृतिक संसाधन मन्त्री जोनाथन विल्किन्सनले बीबीसीसँगको कुराकानीमा क्यानडा एक लाख ब्यारल अतिरिक्त प्राकृतिक ग्यास निर्यात गर्नका लागि तयार भएको बताएका छन् ।

विल्किन्सनले भने, ‘हामीलाई आशा छ कि वर्षको अन्त्यसम्म हामी आफ्नो क्षमतामा तीन लाख ब्यारलसम्म बढाउने छौँ । यद्यपि, रुसमाथि प्रतिबन्धका कारण अर्को महिनादेखि नै तीन लाख ब्यारल तेल र ग्यासको कमी हुनेछ ।’

क्यानडाको तेल निर्यातको क्षमता सिमित छ किनभने उसको पाइपलाइनले अहिलेसम्म आफ्नो पूरा क्षमताले काम गरिरहेको छ । यद्यपि, विल्किन्सनका अनुसार अमेरिकामार्फत् तेल पठाउने एउटा विकल्प भने खुला नै छ ।

यस्तै, क्यानडाको सबैभन्दा ठूलो पाइपलाइन कम्पनी एनब्रिजले बीबीसीसँगको कुराकानीमा आफूहरु उत्तरी अमेरिका र युरोपमा ऊर्जा आपूर्ति बढाउनका लागि हर सम्भव कदम उठाउन लागि तयार भएको बताएको छ ।

युक्रेनमा युद्धका कारण थुप्रै देशले रुसको ग्यास र तेलमाथि प्रतिबन्ध लगाइदिएको छ । यसैकारण अन्तर्राष्ट्रिय बजारमा तेलको दाम बढिरहेको छ ।