तालिबानको नयाँ आदेश : महिला–पुरुष एकैदिन पार्क जान नपाइने

everest kitchen
प्रतीकात्मक तस्बिर

काठमाडौँ । अफगानिस्तानमा तालिबानले नयाँ नियम जारी गरेर महिला र पुरुषलाई एकैदिन अम्युजमेन्ट पार्कमा जान रोक लगाएको छ । समाचार एजेन्सी स्पुतनिकले नयाँ नियम अनुसार अब पुरुष बुधबारदेखि शनिबार र महिला आइतबारदेखि मंगलबार मात्रै अम्युजमेन्ट पार्क जान सक्ने बताएको छ ।

यसका साथै, तालिबानका लडाकू यदि अम्युजमेन्ट पार्कमा जान्छन् तब उनीहरुलाई आफूसँग हतियार लिएर जाने अनुमति पनि नभएको नयाँ नियममा उल्लेख छ । रिपोर्टका अनुसार तालिबान अन्तर्राष्ट्रिय मान्यताका लागि यस्ता खालका निर्णय जारी गरेर आफ्नो नरम छवी पेश गर्न चाहन्छ ।

तालिबानका प्रवक्ताको सोसल मिडिया पोस्टः
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोसल मिडियामा भने, ‘इस्लामिक इमिरेट्सको मुजाहिदिनको हतियार, सैन्य वर्दी र वाहनसहित अम्युजमेन्ट पार्क जान अनुमति हुने छैन । उनीहरु पार्कका सबै नियमको पालना गर्नका लागि बाध्य छन् ।’

शिक्षामा पनि तालिबानको बाधाः
अगस्ट सन् २०२१ मा अफगानिस्तानमाथि कब्जापछि तालिबानले महिलाको शिक्षा र स्वतन्त्रताको विषयमा थुप्रै बचन दिएका थिए । त्यसपछि तालिबान आफ्नो पछिल्लो आदेशको विपरित यसपटक महिला अधिकारप्रति नरम छवि राख्ने अनुमान लगाइएको थियो । यद्यपि, अहिलेसम्म त्यस्तो केही पनि देखिएको छैन ।

यहाँ अघिल्लो हप्ता बुधबार मात्रै पहिलो पटक महिलाको स्कूल खोलिएको थियो तर केही घण्टापछि नै तालिबानले स्कुललाई पुनः बन्द गर्न आदेश जारी गर्यो । त्यतिबेला तालिबान प्रवक्ता इनामुल्ला समागनीले भने, ‘आदेशपछि विद्यार्थीमा भ्रम पैदा भएको थियो । हामी यो मान्छौँ कि यो कदमले छात्राको शिक्षाको विषयमा प्रश्न भने पक्कै पनि निम्त्याउँछ ।’उज्यालोनेट