एनआरएनले पशुपति क्षेत्रमा १०० कोठाको सुविधासम्पन्न बृद्धाआश्रम बनाउने

everest kitchen

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपति क्षेत्रमा १ सय कोठाको बृद्धाआश्रम बनाउने भएको छ ।संघको भर्खरै निर्वाचित कार्यसमितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

नवनिर्वाचित अध्यक्ष कुल आचार्यले कम्तीमा १०० कोठा रहेको अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न वृद्धाश्रम बनाउने प्रस्तावलाई कार्य समितिको पहिलो बैठकले पारित गरेको हो। पशुपति क्षेत्र विकास कोषसंग सहकार्य गरी एउटा वृद्धाश्रम बनाउन संघले निर्णय गरेको छ ।

आचार्यले आफ्नो तर्फबाट उक्त परियोजनाका लागि रु एक करोड प्रदान गर्ने घोषणा पनि गरेका छन्। त्यस्तै, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव गौरी जोशी तथा कोषाध्यक्ष सुनिल साहले पनि २५,२५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेका छन् । अर्का महासचिव डाक्टर केशव पौडेलले रु १० लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।