असिम चाहना 

everest kitchen

लघुकथा: असिम चाहना

सीता देबी
लखिमपुर,आसाम।
जन्मिनै बित्तिकै कविताले आमा गुमाई । वर्षदिन नपुग्दै बाउले अर्की बिहे गरे । जिन्दगीको यात्रा सारै कठिन हुने भयो । यो कुरा कवितालाई राम्ररी थाहा थियो ।

जान्नेबुझ्ने भएदेखि उसले सौतेनी आमामा आफ्नी आमा खोज्न थाली । माया पोखी । साथ र सहयोग दिन खोजी तर आमा कहिले खुसी भइनन् । आखिर सौतेनी आमा न परिन् ।

कविताले धेरै दुःख पीड़ा सही । आफनो जीवनमा अगि बडन चाही। अनि उसलाई एउटै चाहना थियो , कसरी आमाको मन जित्न् सकुँ ? एकदिन दुर्घटनामा परेर बाउको पनि देहान्त भयो।अब ऊ माथि सौतेनी आमाको झन अत्याचार बडन थाल्यो । । तर ऊ हतास भइन । बरू झन संङ्घर्षरत् बनी ।उसले काम खोजी ।

घरको अभाव उसले बुझेकी थिई । महिना दिन बित्यो । तलब लिएर आज उसले पहिलो कमाई आमाको हातमा सुम्पिई । उनी आकाशबाट झरे जस्तो भइन् । छोरीप्रति गरेको दुर्व्यहार सम्झेर उनलाई पछुतो भयो। सोचिन् , “ म कत्ति निष्ठुरी भएँ ?´´भन्दै छोरीलाई अङ्गालोमा बाँधेर विलाप गर्न थालिन् ।