रूसका विदेश मन्त्री चीनमा

everest kitchen

एजेन्सी । रूसी विदेश मन्त्री सर्जेई लाभरोभ चीन पुगेका छन्। रूसी विदेश मन्त्रालयका अनुसार लाभरोभ बुधबार चीनको आन्हुई प्रान्तको तुन्सी पुगेका हुन्।

तुन्सीमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी छिमेकी मुलुकहरूको सम्मेलन आयोजना गरेका छन्। सो सम्मेलनमा भाग लिनेगरी उनि चीन पुगेको बताएको छ ।

ग्लोबल टाइम्सका अनुसार मार्च ३० र ३१ मा हुने उक्त सम्मेलनमा पाकिस्तान, इरान, रूस, ताजिकस्तान, तुर्कमेनिस्तान र उज्वेकस्तानका विदेश मन्त्री सहभागी हुनेछन्।