रुसद्धरा युक्रेनको तटीय शहर मारियुपोलमा युद्धविरामको घोषणा

everest kitchen

एजेन्सी । रुसको रक्षा मन्त्रालयले युक्रेनको तटीय शहर मारियुपोलमा युद्धविरामको घोषणा गरेको छ । यसको सुरुवात बिहिबार बिहानदेखि हुनेछ ।

सर्वसाधारणलाई शहरबाहिर सुरक्षित निकाल्न सकियोस् भनेर युद्धविरामको घोषणा गरिएको बताएको छ । मारियुपोलदेखि जपोरजियासम्म मानवीय करिडोर स्थानीय समयानुसार बिहान १० बजे खुल्नेछ ।

यद्यपि यस विषयमा युक्रेनले भने केही नबोलेको बताएको छ । यसअघि पनि यद्धविरामको प्रयास गरिएपनि एक आपसमा विश्वासको कमी भएपछि जनता शहरबाहिर जान सकिरहेका थिएनन् ।