सङ्कटमा माओवादी चाहिने तर पछि नपत्याउने देखियो : प्रचण्ड

everest kitchen

 

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सङ्कट समाधानमा माओवादीले निर्णायक भूमिका निभाए पनि समस्या समाधान भएपछि भने नपत्याउने समस्या देखिएको बताएका छन्।

शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनदेखी एमसिसी पारित गर्नेसम्मका राष्ट्रिय सङ्कटमा माओवादीले निर्णायक भूमिका खेलेको उनले दाबी गरे।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनाउनुमा पनि माओवादीको भूमिका रहेको बताए।

‘प्रधानमन्त्री बनाउनदेखि राष्ट्रिय सङ्कट पार लगाउनसम्म माओवादीले महत्त्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्ने गरेको छ,’उनले भने’ तर सङ्कट समाधानपछि हाम्रै पार्टीलाई नपत्याउने समस्या पनि देखिन्छ।’