कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाण

everest kitchen

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमण गएपछि उनले उक्त जिम्मेवारी पाएका हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणको क्रममा आज भारत प्रस्थान गरेकाले देउवा स्वदेश नफर्किँदासम्म खाणलाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न दिइएको हो ।

आफ्नो अनुपस्थितिमा प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी देउवाले सिफारिस गरे अनुसार गृहमन्त्री खाणलाई जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।