प्रधानमन्त्री देउवाको सम्मानमा दिवाभोज

everest kitchen

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय समकक्षी नरेन्द्र मोदीले आज यहाँस्थित हैदरावाद हाउसमा दिवा भोजको आयोजना गरेका छन् ।

दिवाभोजमा प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत सहभागी भएका छन् ।