राक्सिराङमा एमाले विरुद्ध गठबन्धन एक हुने

everest kitchen

राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा आगामी बैशाख ३० गते हुने निर्वाचनमा एमाले विरुद्ध गठबन्धन एक हुने भएको छ।

आज राक्सिराङ ३ सरिखेतमा भएको गठबन्धनको बैठकले गठबन्धन गरेर चुनावी माहोलमा जाने निर्णय भएको नेकपा एकीकृत समाजवादि राक्सिराङ गाउँ कमिटीका अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिए ।

केन्द्रिय गठबन्धनको सर्कुलर अनुसार गठबन्धन हुने भए पनि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरुको उमेरद्वारीको लागि गठबन्धन दलहरुको बैठक पुन बसि टुंगो लगाईने अध्यक्ष तामाङले बताए ।