तीनदिने ब्याबसायिक मौरीपालन तालिम सम्पन्न

everest kitchen

राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका-६ स्थित जनचेतना साना किसान कृषी सहकारी संस्था लि. को हलमा चेपाङ चिउरी चमेरो मौरी पालन तथा जिवनस्तर सुधार कार्यक्रम -२०७८ ३ दिने ब्याबसायिक मौरी पालन तालिम सम्पन्न भएको छ।

उक्त कार्यक्रम राक्सिराङ गाउँ पालिकाको ८०% अनुदान र २०% लाभान्वित गरि ३० जना लाई मौरी सहितको घार बितरण भएको थियो। मौरी लाई अब बचाउन निकै कठिनाई हुने भएको ले साधारण तरिकाले मौरी बचाउन गार्‍हो हुने भएको हुँदा तालिम आवश्यक तालिम दिएको बताएको छ । प्रशिक्षक अईत सिं प्रजाले मौरी पालन सम्बन्धि तालिम दिएका थिए ।

कार्यक्रम ग्रामिन मौरी उद्योग का संचालक राज कुमार चेपाङ को अध्यक्षतामा भएको थियो भने उक्त तालिम वडा अध्यक्ष सिंग लाल प्रजाले उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा मौरी ब्यबसाय महासंघ केन्द्र सदस्य गुण घलान लगायत थुप्रै मौरी पालक ब्यबासाय हरुको उपस्थित रहेको थियो।