“समायोजन”

everest kitchen

लघुकथा : समायोजन

रघुनाथ पण्डित
कृष्णलाई उसकाे पुरानाे साथी दुर्गममा पढाएकाे देख्दा अचम्म लाग्थ्यो।माैका मिल्दा उसलाई आफ्नो विद्यालय ल्याउन पाए हुन्थ्यो जस्तो लाग्थ्याे।माैका भने मिलेकाे थिएनँ।लामाे समयपछि उसकाे विद्यालयमा दरवन्दि खाली भयाे।उसकाे चाहना अब भने पूरा हुने भयाे।

कृष्णले उसकाे साथीलाई भन्याे- `आउनुस् न साथी ,हाम्रोमा खाली छ।तपाईंलाई थाहा छ ,मेराे विद्यालय राजमार्गको छेउमै छ।यहाँ विद्यार्थी संख्या पनि धेरै छ।धेरै विद्यार्थीहरुलाई पढाउन पनि आनन्द आउँछ ।हिंड्नु पनि परेन।सरुवाकाे लागि अनुसूची भर्नुस्।हाम्रो तर्फबाट म सहजीकरण गर्छु।´

साथी अक्क न वक्क भयाे।किन के भयाे भनी कृष्णले साेध्याे। साथीले भन्याे-`तिम्रोमा त नपढाइ सुखै छैन,पढाउनु पर्छ।बिदा पनि पाईंदैन।यता त आलाेपालाे पनि चल्छ।तिम्रोमा त सामाजिक अध्ययन हैन साेसल स्टडिज पढाउनु पर्छ रे।खै कसरी पार लगाउन सकिएला र?भैगाे साथी छाेडिदेऊ।आउँदिनँ,अन्यथा नलिऊ है?´

स्नातक गरेकाे साथी यति साराे कमजाेर त थिएन भन्ने कृष्णलाई लाग्याे।आखिर नपढेपछि ,अध्यावधिक हुन नचाहेपछि ,लत छाेडेपछि के लाग्दाेरहेछ?