नेपाल बारको निर्वाचन : गठबन्धनका उम्मेदवारको अग्रता

everest kitchen

काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । हालसम्मको मत परिणामअनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरे दोब्बर मतले अगाडि छन् ।

अपरान्ह ३ बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले १०७५ मत पाएका छन् ।

प्रगतिशील समूहबाट उम्मेदवारी दिएका विष्णुमणि अधिकारीले ५५३ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट प्रत्यासी बनेका घिमिरेले एमाले निकटका उम्मेदवार अधिकारीलाई ५०४ मतले पछि पारेका हुन ।