नागार्जुन नगरपालिकाको मेयरमा राजन कोइरालाद्वारा स्वतन्त्र उम्मेदवारीको घोषणा

everest kitchen

काठमान्डौ । नागार्जुन नगरपालिकाको मेयर पदका लागि राजन कोइरालाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कोइरालाले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कसैको निन्दा वा विरोध गर्नभन्दा पनि पुरानो काम गर्ने शैली र प्रक्रियामा हेरफेर गरेर धेरै परिवर्तन सम्भव हुने बताए ।
उनले पुरानो शैलीलाई परिवर्तन गर्न प्रक्रिया बदल्ने उद्धेश्यका साथ काम गरेर देखाउन सक्ने क्षमता आफुमा भएकाले उम्मेदवारी दिन लागेको स्पष्ट पारे ।

२०४२ सालमा केवलपुर, धादिङ्गमा जन्मेका कोइरालाले विगत एक दशकदेखि युवा शशक्तिकरण, शिक्षा, रोजगारी र परामर्श क्षेत्रमा काम गर्दै आएका छन्।

२०४७ मा आफ्नो परिवारसँगै काठमान्डौ बसाईं सरेका कोइरालाले पिपल्स क्याम्पसबाट पत्रकारिता र राजनीतीशास्त्रमा आइएको स्वर्णपदक पाएलगतै उच्चशिक्षाको लागि अमेरिका गएका थिए। अमेरिकास्थित टेक्सास राज्यको दुई उत्कृष्ट विश्वविद्यालयबाट पत्रकारितामै स्नातक र स्नातकोत्तर डिग्री हासिल गरेर ९ वर्षपछि २०६९ मा स्थाई रुपमा नेपाल फर्केका हुन्।