विल स्मिथलाई १० वर्षसम्म ओस्कारमा प्रतिबन्ध

everest kitchen

काठमाडौं । ओस्कार अवार्ड वितरण समारोहमा प्रस्तोता एवं कमेडियन क्रिस रकलाई थप्पड हानेको घटनामा अभिनेता विल स्मिथलाई १० वर्षसम्म ओस्कारमा उपस्थित हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

एकेडेमी अफ आर्टस् एण्ड साइन्सेजको निर्देशक समिति बैठकले स्मिथविरुद्ध अनुशासनको कारबाही गरेको रोयटर्सले जनाएको छ । १२ दिनअघि ओस्कार समारोहमा स्मिथले रकलाई थप्पड हानेका थिए ।

तर स्मिथले गत साता नै ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन् । प्रतिबन्धको निर्णय सुनाउँदै एकेडेमी अध्यक्ष डेभिड रुबिन र प्रमुख कार्यकारी डन हड्सनले भने, ‘ओस्कार समारोह फिल्म क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वले सेलिब्रेसन गर्ने अवसर समेत हो । तर उक्त अवसर निन्दनीय र अस्वीकार्य व्यवहारले छायामा पर्‍यो ।’