एमालेबाट राक्सिराङमा अध्यक्षमा स्याङ्तान र उपाध्यक्षमा प्रजा सिफारिस

everest kitchen

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिकामा नेकपा एमालेको अध्यक्ष उपाध्यक्ष सर्वसहमत सिफारिस भएका छन् ।

शुक्रवार राक्सिराङ ३ मा सम्पन्न गाउँ कमिटी बैठकले सर्वसहमत सिफारिसमा अध्यक्ष पदमा बाबू लाल स्याङ्तान र उपाध्यक्षमा सुन्तली माया चेपाङ सिफारिस भएका हुन । स्याङ्तान २०७४ सालमा आक्सिराङ ३ बाट जन निर्वाचित वडा अध्यक्ष हुन त्यस्तै चेपाङ २०७४ को स्थानीय चुनाबमा एमाले तर्फबाट पराजित भएको थियो।

बैशाख ३० गते हुने चुनाव लाई नेकपा एमाले राक्सिराङ गाउँ पालिकाले पालिका अध्यक्ष उपाध्यक्ष पदको उमेरद्वार विवाद रहित सिफारिस गर्न पाएकोमा गाउँ कमिटी अध्यक्ष रोहन लामाद्वारा खुशी ब्यक्त गरेका थिए ।

त्यस्तै आगामी जिल्ला कमिटी वैठकबाट सवै पालिकाकोे उम्मेदवार टुंगो लाग्नेछ । एकजनाभन्दा बढी सिफारिस भएको हकमा जिल्ला कमिटीले निर्णय गर्ने व्यवस्था रहेको छ ।