नेपाल विश्व हिन्दु महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न

everest kitchen

कृष्ण गुप्ता
कलैया । गत चैत १९ गते शनिबार काठमाडौं स्थित रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल विश्व हिन्दु महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।

पुर्व प्रधान न्यायधिश एवं तत्कालीन मन्त्री परिषदका अध्यक्ष सम्माननिय खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न नेपाल विश्व हिन्दु महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन बाट नेपाल विश्व हिन्दु महासंघको केन्द्रीय महासचिवमा अभिषेक तिवारी निर्वाचित भएका छन।

उक्त सम्पन्न महाधिवेशनमा सम्मानित अतिथिका रूपमा अनन्त श्री बिभुषित प्रथम महिला शंकराचार्य माता हेमानन्द गिरि जि महाराज, एवं विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कार्यकारी परिषदका अध्यक्ष डा. अजय सिंहको उपस्थिति रहेको थियो ।

साथै विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष प्रेम लस्करी, महासंघका अमेरिकी प्रतिनिधि देवी प्रसाद पाण्डे (दिपक) लगायत १५ वटा राष्ट्रहरु बाट विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति बाट प्रतिनिधित्व गर्दै नेपाल आएका प्रतिनिधिहरु का साथै मधेसी आयोग का अध्यक्ष मा. डा. बिजय दत्त, ओमकार महा अभियानका राष्ट्रिय संयोजक दिनेश कुमार सिजापती, बौद्ध धर्मका प्रतिनिधि, जैन धर्मका प्रतिनिधि, शिख धर्मका प्रतिनिधि लगायतका विशिष्ट अतिथिहरु का साथै नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका नेपाल विश्व हिन्दु महासंघका शुभचिन्तक तथा हजारौं धार्मिक अभियानताहरुको बृहत उपस्थितिमा महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।