राक्सिराङमा चट्याङ लागेर एक महिलाको मृत्यु

everest kitchen

राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँ पालिका वडा नम्बर १ सानोभावर गडुवान निवासी सुमित्र हिम्डुङ को चट्याङ लागेर मृत्यु भएको छ।

आइतबार दिउँसो अन्दाजी ४ः३० बजे आफ्नै घरमा चट्याङ्ग लागेर घाइते भएकी ४२ वर्षकी सुमित्रा हिम्डुङ्गको हेटौंडा उप-महानगर पालिका ठाना भर्‍याङ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, चट्याङ्गमा परेर घाइते भएका बीरबहादुर हिम्डुङ्गको भने अवस्था सामान्य रहेको स्थानीय रोहन लामाले जानकारी दिए ।