इमान सिंलाई राप्तिमा मेयरको टिकट नदिए एमाले हार्नसक्छ ! उनको जित्ने आधार यस्ता !

everest kitchen

 


राजेश रुम्बा
“राप्ती नगरपालिकाको मेयरमा इमान सिं लामालाई टिकट नदिए एमाले हार्नसक्छ” २७ साल देखि एमाले पाटीमा रहेर राजनीतिका बिभिन्न कालखण्ड पार गरेको बताउने एक वृद्दले पोखेको गुनासो हो माथिका पंङ्ती ।
पार्टीको उमेदवार छनोट प्रकृया सुरुवात हुन अघि राप्तिमा मेयरको लागि क-कस्को उमेदवारी पर्ला भन्ने कुराले निक्कै चर्चा बटुलेको थियो।

अन्ततः इमान सिंह लामा सहित ८ जनाले मेयरको लागि आकाङ्क्षी देखाए सँगै राप्तिमा नयाँ तरङ्ग फैलिएको छ ।
७४ सालको निर्वाचन पछि उपमेयर भए सँगै लामाले जनताको हरेक समस्यामा साथ दिंदै आएका छन । जनप्रतिनिधी मात्रै नभई समाजसेवामा पनि उतिकै खटिने नाम हो इमान सिं । गरीब दुखिहरुको सेवा देखि कोरोनाको त्रासदी पुर्ण अवस्थामा पनि आफै गाडी चलाएर संक्रमितको सेवामा अनवरत खटि रहे । त्यसै गरि लकडाउनले मारमा परेका यात्रीहरु जो पुर्वपच्ञिम राजमार्गमा पैदल यात्रा गरिरहेकाहरुलाई स्थानिय प्रहरी प्रशासन सँग समनयन गरेर गन्तव्य सम्म पुग्ने वातावरण बनाइ दिए।

त्यतिमात्रै नभइ लामाले दिर्घरोगीको लागि सौलियतमा उपचार गराउने ब्यबस्था गरे । उनले आफुले सकेको नगद समेत दिए ।समाजसेवामा यतिसम्म मरिमेट्छन कि २०७४ को निर्बाचनबाट राप्तीको उपमेयरमा निर्बाचित लामाले आफुले पाएको तलब सुबिधा पनि समाजसेवामै खर्चिएका छन । उनले गाँसबासको अभाव झेलिरहेकाहरुको निम्ति आफुले पाउँदै आएको सेवा सुविधाबाट कयौं घर समेत बनाइदिए । आफ्नो परिचय समेत नभएका र हरेक कोणबाट पछि परेकाहरुको आफै जमानत बसेर दर्जनौलाई यो देशको नागरिक हुँ भन्ने नागरिकताको प्रमाणपत्र समेत दिलाइ दिने काम गरे ।

इमान सिंह लामालाई पाटीको नेता भन्दा समाजसेवीको रुपमा बुझ्छन् साधारण जनता :

उसो त जुनै पनि पाटी र पाटीमा आस्था राख्ने नेता कार्यकर्ताहरु समाज सेवाकै लागि राजनीति गरेको बताउछन् तर नेपालको राजनीति घट्नक्रमले त्यसो देखाउदैन् । अधिकाम्स नेताले राजनितिलाई समाजसेवा भन्दा पनि शक्ति आर्जन र पेसा ब्यबसाय सोच्ने गरेकाले पनि जनताले राजनीति दल र नेताको नाम लिन समेत चाहदैनन ।

नेता र पार्टी भनेकै आफू र आफन्तको लागि कमाइ खाने भाँडो ठान्दछन् । तर इमान सिंहलाई त्यो भेगको जनताले त्यसरी बुझ्दैनन् भन्नु हुन्छ नगरबासी ५० बर्षका राम ब चेपाङ। उनि थप्छन् : इमान सिंहको बिक्लपमा पार्टीले नामै नसुनेकालाई उमेदवार बनायो भने इमान सिहंले बिद्रुही त नगरला तर अन्य ७५% एमाले कार्यकर्ताले चुनावमा अन्तरघात गर्ने उनको भनाइ छ । पाटीलाई होइन समाज र जनता प्रति कति उतरदायि छ त्यो व्याक्तिलाई हेर्ने दिन आएको उनको बुझाई छ।

अन्य उमेदवारलाई जित्न कठिन :

एमाले पाटीले इमान सिंहको बिकल्पमा अरु नै उमेदवारीको रुपमा खडा गरेको खण्डमा निक्कै चुनौती रहेको देखिन्छ। किनकि ७४ सालकै निर्वाचनको नतिजालाई आधार मान्ने हो भने ११६१३ मत मेयर प्रभा बरालको खसेको थियो र उपमेयर लामाको त्यो भन्दा २६९ मत बढी खसेको थियो । प्रतिद्धदी कंग्रेसका उमेदवारको क्रमशः ७२९२ र ७०४४ मत खसेको थियो । त्यतिबेला कुनै पनि पाटी बिच गठबन्धन थिएन तर हाल एमाले एक्लै छ भने पाँच दलिय गठबन्धन अर्को तिर रहेका छन् ।

आफ्नै समुदायको प्रतिनिधि देख्न चाहन्छन !

राप्ती नगरपालिकाको मतदाताको कुरा गर्ने हो भने पनि इमान सिं लाई नै मेयरमा देख्न चाहन्छन । बिसेसगरी पार्टिको कुरा नगरी अन्य स्वतन्त्र मतदातालाई विश्लेषण गर्ने हो भने पनि इमान सिं ले टिकट पाए जित सुनिस्चित हुने देखिन्छ । राप्तिमा तामाङ समुदायको उपस्थिती ठूलो छ ।

आफ्नै समुदायका इमान सिं ले उनिहरुको मन जितेका छन । तामाङ समुदायको दुख सुखमा साथ दिने पात्र भएकाले पनि उनलाई नगरमा बसोबास गर्ने तामाङ समुदायले उम्मेदवार बनेको देख्न चाहन्छन । यस्तै चेपाङ समुदायको पनि उनिप्रती गहिरो सम्बन्ध देखिन्छ । तामाङ, चेपाङ लगायत समग्र नगरबासिको मनमा बस्न सफल सामाजिक ब्याक्तित्व उनको जित्ने महत्त्वपूर्ण आधार हो । इमान सिं को बिकाल्पमा अरु उम्मेदवार आए भन्न नसकिने तर उनी आए जित निस्चित जस्तै देखिएको स्थानिय अगुवाहरु बताउछन ।

इमान सिंह प्रति अन्य पाटीका कार्यकर्ता पनि साकारत्मक :
लोक प्रिय र समाज प्रति आफ्नो हर कुरा त्यागेर हिंडेका नेता जसलाई समाजले आवस्यक महसुस गरेको खण्डमा पाटीले स्वतः टिकट दिनु पर्ने हो । तर एमाले पाटीमा चाप्लुसी र चम्चा गिरी प्रवृत्ति हावी छ र त्यस्तैलाई पाटीले हेर्ने हुँदा इमान सिंहलाई टिकट दिने कुरामा आफु यसै भन्न नसकिने एक कंग्रेस नेताको टिपनी छ। पाटीको आस्था फरक भएपनि इमान सिंहले आफु लगाएत अन्य पाटीका कार्यकर्तालाई छुट्टै नजरले नहेरेको र एउटा असल नेतामा हुनु पर्ने गुण इमान सिंहमा रहेको उनले बताए ।

हाहा र हुहु गर्ने अनि अरुको खिंसिट्युरि गर्ने जमात एमालेको जुनै पनि क्षेत्रमा रहेकाले विकासको हिसाबले एमालेका केन्द्रिय नेता र पटक पटक संघिय मन्त्रि समेत भएकाले भन्दा बढि बिकास गरेका प्रदेश मन्त्रि दावा लामालाई पार्टीको केन्द्रिय सदस्य समेत नदिएको पाटीले इमान सिंह लाई नगरको प्रमुखको रुपमा उभ्याउने कुरामा संका रहेको उनको भनाई थियो ।