बैशाख ५ भित्र उम्मेदवार सिफारिस गरिनुपर्ने माओवादी सर्कुलर, १ जिल्ला १ पालिका प्रमुख महिला

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने निर्णय गरेको छ।

पार्टीहरूले महिलालाई उपमेयरमा सीमित गरेको टीकाटिप्पणी हुँदै आएको बेला माओवादीले हरेक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलर नै जारी गरेको हो ।

यस्तै कम्तीमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्ने पनि माओवादीले निर्णय गरेको एक नेताले जानकारी दिए । उनका अनुसार जित सुनिश्चित भएको स्थानमा कम्तीमा एक वडाअध्यक्ष महिलासमेत बनाउने गरी निर्देशन जारी गरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका इन्चार्ज, अध्यक्ष र प्रदेश समितिहरूलाई सर्कुलर पठाउँदै वैशाख ५ भित्र सबै तहको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन् ।