चुनाव जित्न क्रीस्चियन प्रचारकको शरणमा ओली !

everest kitchen
photo file

काठमाडौं । क्रीस्चियन धर्मको कट्टर विरोधी र आफुलाई हिन्दु धर्मको संरक्षक जसरी प्रचारबाजी गर्दै आएका नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली अन्तत: चुनाव जित्नको लागि क्रीस्चियन प्रचारकको शरणमा पुगेको छ ।

आउदो वैशाख ३० गतेको स्थानीय निर्वाचनमा एक्लै चुनाव लड्ने दाबी गर्दै आएका एमालेले बुधबार गठबन्धनको लागि नेपालमा क्रीस्चियनिटीको प्रचारक भनेर ओली आफैले कडा आलोचना गर्दै आएका एकनाथ ढकालको नेतृत्वमा रहेको परिवार दलसंग गठबन्धन गर्ने औपचारिक सहमति भएको छ ।

एमालेले बुधबार परिवार दल र राजतन्त्र सहितको हिन्दू राज्यको माग गर्दै आएका कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसंग सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।

एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल, राप्रपा नेपालका कमल थापाको उपस्थितिमा एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल, राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठ, परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच अलग-अलगरुपमा सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाल परिवार दलका अध्यक्ष तथा युनिभर्सल पिस फेडरेसन (युपिएफ) का नेपाल प्रमुखसमेत रहेका ढकालले क्रीस्चियन धर्मको प्रचार गर्न दक्षिण कोरियाबाट क्रीस्चियन प्रचारकलाई नेपाल बोलाएर कार्यक्रम गर्दा उनलाई क्रीस्चियनको प्रचार गराएको आरोप लागेका थिए ।