९५ लाख २५ हजार थान मतपत्र छपाइ सकियो,

everest kitchen

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाइएको जनाएको छ । आयोगले निर्वाचनका लागि चाहिने सामग्रीहरु केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेको जानकारी दिएको छ ।

आयोगले ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न गरेको छ । सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगले १ करोड ९४ लाख मतपत्र मध्ये हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको जनाएको हो ।

त्यस्तै, आचारसंहिता उलंघन गर्ने राजनीतिक दल र नेताहरुसँग जवाफ माग गरिएको पनि जनाएको छ । आयोगले विभिन्न राजनीतिक दल र नेताहरुले आचारसंहिता उलंघन गरेको भन्ने गुनासोका आधारमा जवाफ माग गरिएको बताउँदै त्यसमध्ये कतिपयले जवाफ पेश गरेको र केही आउने क्रममा रहेको जनाएको छ ।