त्रिवेणीमा काङ्ग्रेसले अध्यक्ष, उपाध्यक्षको उम्मेदवार टुंग्यायो

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदको लागि नेपाली काँग्रेस त्रिवेणी गाउँपालिकाले उम्मेदवार चयन गरेको छ । काङ्ग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गाउँपालिकामा अध्यक्ष र उपााध्यक्ष पदको उम्मेदवार टुंगो लगाएको हो ।

गाउँपालिका अध्यक्षमा अमरसिं खड्का र उपाध्यक्षमा सृष्टि बाँठामगरलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको नेपाली काँग्रेस त्रिवेणी गाउँपालिकाकाले जनाएको छ । अध्यक्षका उम्मेदवार खडका हाल शिक्षक पेसामा रहेका छन भने उपाध्यक्षकी उम्मेदवार बाँठा भने काठमाडौं बस्दै आएको बताएको छ ।

त्रिवेणीमा एमालेले डिल्ली बहादुर ओलीलाई अध्यक्ष र धनकला बिष्टलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ भने प्रमुख शक्ति माओवादीले उम्मेदवार टुङ्ग्याउन सकेको छैन ।