ओखलढुंगा एकता सेवा समाज मलेसियाद्धारा मृगौला पीडित तामाङलाई सहयोग

everest kitchen

काठमाडौं । ओखलढुंगा एकता सेवा समाजले मृगौला पीडित मान बहादुर तामाङलाई आर्थिक सहयोग गरेको छ । ओखलढुंगा सुनकोसि गाउपालिका – २ का दुबै मिर्गौला पीडित मान बहादुर तामाङलाई समाजले ८१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र सहसचिब सुनिल बुढाथोकीले संस्थामा पहल थालेपछि सहयोग अभियान गरिएको थियो । उक्त रकम संस्थाका सचिब तथा सेवा समाज नेपालका अध्यक्ष सुजन घिमिरेको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

तामाङ केही पहिला देखि दुबै मृगौला पीडित रहेका छन् । उनको आर्थिक अवस्था कम्जोर रहेकोले सहयोग अभियान थालिदै आएको छ ।