रुकुम पश्चिमका ६ वटै स्थानीयतहमा माओवादी केन्द्रले गर्यो उम्मेदवारी सिफारिस, को कहाँ ?

everest kitchen

रुकुम पश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका ६ वटै पालिकाका उम्मेदवार सिफारिस गरेको छ । उम्मेदवार छनोट समितिले एकैपटक सबै स्थानीयतहका उम्मेदवार छनोट गरेको हो ।

माओवादी केन्द्रले मुसीकोट नगरपालिकाको प्रमुखमा वसन्तकुमार शर्मा, उपप्रमुखमा मिलन खड्का, चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी, उपप्रमुखमा इश्वरीकुमारी शर्मा विएम, आठबीसकोट नगरप्रमुख रवि केसी, उपप्रमुखमा धनकुमारी शाहीलाई सिफारिस गरेको बताएको छ ।

त्यस्तै, त्रिवेणी गाउँपालिका अध्यक्षमा गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले, बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी, उपाध्यक्षमा तारा बुढा केसी, सानीभेरी गाउँपालिकाको अध्यक्षमा विर्खबहादुर विष्ट, उपाध्यक्षमा कमला रोका सिफारिसमा परेका हुन ।  उम्मेदवार छनोट समितिले प्रदेशमा सिफारिस गरेपछि प्रदेश समितिले अनुमोदन गरेको छ ।