पल प्रकरण: दुर्गेस र बालिकाका बुवाले पनि फेरे बयान

everest kitchen

काठमाडौं ।अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिकाको बुवालेसमेत अदालतमा बयान फेरेका छन्।

मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएको जिल्ला अदालत तनहुँका मिनबहादुर कुँवरले जानकारी दिए।

‘जाहेरीवालाको बकपत्र होस्टाइल भयो। पहिला जाहेरीमा जे उल्लेख थियो, ठ्याक्कै विपरीत बयान दिनुभयो,’ श्रेष्तेदार कुँवरले भने ‘उहाँले जाहेरीमा गरेको हस्ताक्षर आफ्नै भएको स्वीकार गर्नुभएको छ।’

मंगलबार नै दुर्गेश थापाले पनि बकपत्र दिएका छन्। ‘दुर्गेशजीले सो क्रममा दुई जनाको बिषयमा मलाई थाहा छैन। मैले सुनेको मात्र हुँ भन्नुभयो,’ उनले भने।

आइतबार नाबालिकाले पनि बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरुमा सत्यता नभएको बताएकी थिइन्।