यीन हुन त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रका चुनावी उम्मेदवारहरु

everest kitchen
photo file

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र त्रिवेणी गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ । माओवादीले आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतहको निर्वाचनको लागि उम्मेदवारी टुंगो लगाएको हो ।

यसअघि नै जिल्ला स्थित उम्मेदवार छनोट समितिले त्रिवेणीको लागि अध्यक्षमा हिमाल केसी र उपाध्यक्षमा राजकुमारी खड्का रेउलेलाई उम्मेदवार सिफारिस गरि सकेको छ । लामो समयको प्रयासपछि माओवादी केन्द्र त्रिवेणीले पठाएको नामहरुमध्येबाट उम्मेदवार छनोट गरि पठाएको माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेश खड्काले बताए ।

जसअनुसार , वडा नम्बर एकमा लक्ष्मण ओली, वडा नम्बर-२ मा मोतीराम पुन, वडा नम्बर-३ मा बिरभान ओली, वडा नम्बर-४ मा घमण्ड बहादुर खड्का, वडा नम्बर- ५ मा रन बहादुर पुन, वडानम्बर-६ मन भद्र बहादुर सिर्पाली, वडा नम्बर -७ मा धन बहादुर खड्का, वडा नम्बर-८ मा लक्ष्मण बि.क, वडा नम्बर -९ मा जनक विश्वकर्मा र वडा नम्बर -१० मन शेरमान खड्कालाई माओवादी केन्द्रले वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।