‘हाम्रो राक्सिराङ गाउँपालिका’ सार्वजनिक

everest kitchen

राक्सिराङ । नेपाली लाेक स‌ांगीतिक क्षेत्रमा नयाँ लोक दोहोरी गीत ‘हाम्रो राक्सिराङ गाउँपालिका’ भर्खरै बजारमा आएको छ।

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका चैनपुरको विशेष आर्थिक सह्योगमा बनेको यस गीतमा राक्सिराङका सबै प्राकृतिक मनोरम स्थलहरुको समेत समाबेश गरी भिडियो निर्माण गरिएको छ।

हेटौंडा म्युजिक कृयसन प्रा.लि नामक आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरेको गीतमा लोक दोहोरी गायक बोम बहादुर प्रजा र गायिका राधिका चेपाङको स्वर रहेको छ।

गीतको शब्द तथा संगीत छिरिङ दोर्जे लामाको रहेको छ। गीतको भिडियोमा बिपिन किशोर भट्ट, सरिता रानामगर, पवन कुमार चेपाङ, शोमी रानामगर र सहायक भुमिकामा समीर चेपाङ र निशा चेपाङले अभिनय गरेका छन्।

गीतमा धन बहादुर तामाङ(सागर)को निर्देशन, बाशु न्यौपाने र च्याङबा लामाको छायांकन र भिडोयोको सम्पादन भने राजेश कुमारले गरेका छन् भने रबिना बुढाप्रीतीको मेकअप रहेको छ।