माओवादीबाट वडाअध्यक्षका आकांक्षी विष्ट एमाले प्रवेश

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -७ माओवादी केन्द्र वडा कमिटी सचिव यज्ञ बहादुर विष्टले माओवादी केन्द्र परित्याग गरेका छन् । आगामी चुनावको लागि माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्षमा आकांक्षा राखेका विष्टले एमाले प्रवेश गरेका हुन ।

माओवादी पार्टी नेतृत्वले गलत मुल्यांकन गरेको, त्याग, बलिदान, योग्यता र क्षमताकोसमेत अवमूल्यन गरेकोले फरक पार्टी भएपनि कम्युनिस्ट विचारधारमा आधारित पार्टी एमाले बाट अगाडि बढ्न आफुले एमाले प्रवेश गरेको बताए । उनका अनुसार उनी एमालेबाट वडाअध्यक्षको उम्मेदवारी दिने छन् ।

लामो समय शिक्षण पेसामा रहेका विष्ट माओवादीको शिक्षक संगठनमा समेत सक्रिय रहेका थिए । शिक्षण पेसाबाट अवकाश लिईसकेका उनले आगामी चुनावको लागि माओवादी केन्द्रबाट वडाअध्यक्षमा आकांक्षा राखेका थिए ।

जिल्लामा गठित उम्मेदवार छनोट समिति र त्रिवेणी गाउँकमिटीले उनको वडामा धन बहादुर खडकालाई उम्मेदवार सिफारिस गरेको छ ।