स्थानीय निर्वाचन: त्रिवेणीमा अहिलेसम्म ३ जनाको उम्मेदवारी मनोनयन दर्ता

everest kitchen

रुकुम पश्चिम । आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन त्रिवेणी गाउँपालिकामा हालसम्म ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्रिवेणी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय खारानेटामा अहिलेसम्म तीन जनाको उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन अधिकृत कृत बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार नेपाली काङ्ग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमर सिङ खडका र उपाध्यक्षमा श्रृष्टी बाँठा मगरले उम्मेदवारी दर्ता गराएका हुन ।

उम्मेदवारहरु ढिलो गरी उम्मेदवार मनोनयन गर्दा गराउन आएको अधिकृत बस्नेतले बताए । आकांक्षी उम्मेदवारहरु करिब सांझ चार बजेदेखि मात्रै उम्मेदवार मनोनयन दर्ता गराउन आएका हुन ।

त्यस्तै, त्रिवेणी-३ को लागि वडाअध्यक्षका उम्मेदवार दिपेन्द्र ओलीले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यस्तै, नेकपा एमाले पनि उम्मेदवारी गर्दा गराउने क्रममा रहेको छ भने त्रिवेणीको प्रमुख शक्तिको रुपमा रहेको माओवादी केन्द्रले भोलि मात्रै उम्मेदवारी दर्ता गराउने तयार गरेको बताएको छ ।

त्रिवेणी गाउँपालिकामा यसअघि माओवादी केन्द्रका झक्कु प्रसाद घर्तीले अध्यक्ष र सोही पार्टीकी निर्मला विष्ट खड्काले उपाध्यक्षमा जितेका थिए । यसपटक माओवादी केन्द्रबाट गणेश कुमार केसीले अध्यक्ष र रोजकुमारी खडका रेउलेले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेबाट डिल्ली बहादुर ओली अध्यक्ष  र धनकला विष्टले उपाध्यक्षमा आजै उम्मेदवारी दिने तयारीमा छन् । (नोट : धनकला बिष्ट हुनुपर्नेमा अन्यथा भएकोले सच्याएको छ ।