यी हुन नेकपा एमाले मकवानपुरका स्थानीयतहका उम्मेदवारहरु

everest kitchen

सविन कुमार लोप्तन
मकवानपुर । नेकपा एमाले मकवानपुरले सबै पालिकामा उम्मेदवारहरु टुंगो लगाएको छ । जिल्ला १० स्थानीयहरुका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षको टुंगो लगाएको हो ।

जसअनुसार बागमति गाउँपालिका अध्यक्षमा खेमराज जर्गामगर र उपाध्यक्षमा धनमाया स्याङ्तान, बकैया गाउँपालिका अध्यक्षमा सरला बोलखे र उपाध्यक्षमा लालबहादु स्याङ्तान, मकवानपुरगढी गाउँपालिका
अध्यक्षमा बिदुर हुँमगाई र उपाध्यक्षमा सन्तु थिङ, भीमफेदी गाउँपालिका अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती राना सिफारिस भएका छन् ।

त्यस्तै, इन्द्रसरोबर गाउँपालिका अध्यक्षमा देबकृष्ण पुडासैनी र उपाध्यक्षमा उमा लामा, थाहा नगरपालिका
मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामी, कैलाश गाउँपालिका अध्यक्षमा नरेन्द्रलाल रिजाल
र उपाध्यक्षमा सुकुमाया थिङ, राक्सिराङ गाउँपालिका, अध्यक्षमा बाबुलाल स्याङतान र उपाध्यक्षमा सुन्तलीमाया प्रजा रहेका छन्

मनहरी गाउँपालिकाका लागि अध्यक्षमा एकराज उप्रेती
र उपाध्यक्षमा सुजिता थिङ , हेटौँडा उपमहानगरपालिका
मेयरमा अनन्तप्रसाद पौडेल, उपमेयरमा सुमित्रा काफ्लेलाई सिफारिस गरिएको छ ।